दफा २५६
खोटा मुद्रा बनाउन नहुने

(१) कसैले खोटा मुद्रा बनाउन वा बनाउने उद्योग गर्र्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई मुद्राको परिमाण र मूल्य विचार गरी पाँच वर्षदेखि दशवर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँँसम्म जरिबाना हुनेछ।स्पष्टीकरण: यस परिच्छेदको प्रयोजनका लागि,
(क) “मुद्रा” भन्नाले सबै किसिमको करेन्सी नोट, पोस्टल अर्डर, पोस्टल नोट, मनी अर्डर, चेक,ड्राफ्ट, ट्राभलर्स चेक, प्रतितपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र, क्रेडिट कार्ड सम्झनु पर्छ र सोशब्दले बैङ्कले आवश्यकता अनुसार सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिदिएको अन्य यस्तैप्रकारका मौद्रिक उपकरण समेतलाई जनाउँछ ।
(ख) “खोटा मुद्रा” भन्नाले नेपाल सरकार वा नेपाल राष्ट्र बैङ्क वा विदेशी सरकार वा अधिकारप्राप्त विदेशी संस्थाले निकालेको हो भन्ने भान पार्ने वा विश्वास हुने गरी अनधिकृत रुपमा बनाएको वानक्कली मुद्रा सम्झनु पर्छ ।